मोदीको विषयमा आलोचनात्मक समाचार लेखेका पत्रकारको नागरिकता खारेज

तस्बिरः एजेन्सी

भारत सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा आलोचनात्मक समाचार लेखेकाे भन्दै पत्रकार तथा लेखक आतिश अलि तासिरको ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) खारेज गरेकाे छ।

गृह मन्त्रालयले नागरिकता ऐन, १९५५ अनुसार तासिरको ओसीआई खारेज गर्ने निर्णय गरेकाे जनाएको छ। ओसीआई कार्ड भारतीयमूलका विदेशीले पाउने नागरिकतासरह मानिन्छ।

गृह मन्त्रालयका अनुसार पाकिस्तानी हजुरआमा हजुरबुवा, आमाबाबु हुनेलाई ओसीआई प्रदान गरिँदैन्। तासिरका बुवा पाकिस्तानी हुन्।

गृह मन्त्रालयले बाबुको पहिचान लुकाएर लिइएको ओसीआई खारेज गरेको जनाएको छ। भारतीय गृह मन्त्रालयकी प्रवक्ताको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ, ‘आतिश अलिले आवेदन दिने बेला आफ्ना बाबु पाकिस्तानीमूलका हुन भन्ने कुरा लुकाएका थिए।’

ओसीआई कार्डको विषयमा विवाद उठेपछि आफूले तासिरलाई जवाफ दिने मौका दिएको तर उनी जवाफ दिन असफल रहेको गृह मन्त्रालयको भनाई छ। उनी भारतीय कानून अनुसार ओसीआई लिन अयोग्य रहेको मन्त्रालयको ठहर छ।

के भन्छन् आतिश?

आतिशले आफ्नाे ओसीआई कार्ड रद्द गर्ने निर्णयले गहिरो चोट लागेको बताएका छन्।  ' मैले महसुस गरे, जुन तरिका र जसरी मेराे ओसीआई रद्ध गरियाे, त्यो जाली योजना हो,'उनले भने, 'सबैभन्दा पहिले उनले मलाई एक आतंकवादी इस्लामी भन्दै मेरो छवि खराब गरे र घटना प्रेसमा चुहावट भयो।'

आतिशका अनुसार उनीसँग यो कार्ड सन् २००० देखि छ। उनी भारतमा दुई बर्षदेखि १० बर्ष र त्यसपछि २५ बर्षदेखि ३५ वर्षको उमेरमा बस्दै आएका छन्। उनी भन्छन् 'हामीसँग भारतमा बैंक खाता छन्, आधार कार्ड छ र तिनीहरूले भारतमा पनि कर तिर्ने गरेका छन्।'

आतिशले भने, 'यी कागजातमा मेरो बुवाको नाम रेकर्ड गरिएको छ। मसँग यो प्रमाणित गर्ने कुनै कागजात छैन। किनकि हामीबीच कुनै सम्पर्क थिएन र मेरी आमा पनि उहाँबाट अलग्गै बस्नु भएको छ।'

आतिशले आफ्नो बुवासँगको सम्बन्धको बारेमा एउटा पुस्तकमा लेखेका थिए, जुन २००७ मा प्रकाशित भएको थियो। उनकी आमा तावलिन सिंह पनि पत्रकार हुन्। उनका आमा र बुवा विवाहित थिएनन् र आतिशले उत्तरमा लेखेका छन्उ–नकी आमा कानुनी रुपमा उनको अविभावक हुन्।

'यदि कुनै गडबड थियाे भने उनीहरुले मलाई सोध्न सक्थे। मलाई थाहा थियो, मैले जानाजानी केहि गलत गरेको छैन। त्यसैले बुवाको नाम लुकाउने कारण नै देख्दिन्। उनको नाम कागजातमा छ र म उनीहरूको बारेमा पनि लेखिरहेको छु,' आतिशले भनेl

के भएको थियो?

बिहीबार यो बिषयमा अंग्रेजी वेभसाइट द प्रिन्टमा एउटा लेख पाेस्ट भएकाे थियो। जसमा लेखिएको थियो, टाइम पत्रिकामा मोदीको आलोचना गरेपछि सरकार लेखक आतिश अलि तासिरको ओसीआई कार्ड रद्द गर्न खोजिरहेको छ।

आतिशले प्रधानमन्त्री मोदी बारे अमेरिकाको प्रतिष्ठि्त पत्रिका 'टाइम' को यस वर्षको अंकमा लेखेका थिए।

पत्रिका मे २०, २०१९ मा अन्तर्राष्ट्रिय संस्करणको कभर पेजमा नरेंद्र मोदीको फोटोसहित छापिएको थियाे, जसकाे शीर्षक थियाे– 'इंडियाज डिभाइडर इन चीफ'। 

लेखलाई लिएर आपत्ति जनाउँदै गृह मन्त्रालयका प्रवक्ताले बिहीबार राति नै आफ्नाे ट्वीटर ह्यान्डलमा प्रतिकृया जनाउँदै लेखेका थिए– याे गलत हाे।

आधिकारिक ट्विटर ह्यान्डलमा भनिएकाे छ, 'पत्रिकामा जे खबर छापिएको छ त्यो पूर्णतया गलत छ र यसमा कुनै तथ्य छैन।'

यसका अतिरिक्त गृह मन्त्रालयका प्रवक्ताको ट्वीटर ह्यान्डलबाट धेरै ट्वीट गरिएका छन्। यी मध्ये एक ट्वीटमा यस्तो लेखिएको छ, 'श्री आतिश अलिले पीआईओ लागू गर्दा उनका बुवा पाकिस्तानीमूलका हुन् भनेर लुकाए।'

ओसीआई कार्डको विषयमा विवाद उठेपछि आफूहरूले तासिरलाई जवाफ दिने मौका दिएको तर उनी जवाफ दिन असफल रहेको गृह मन्त्रालयको भनाई छ। उनी भारतीय कानून अनुसार ओसीआई लिन अयोग्य रहेको मन्त्रालयको ठहर छ।

प्रकाशित मिति: : 2019-11-08 17:49:17

प्रतिकृया दिनुहोस्