अयोध्या फैसला: विवादित जमिन हिन्दू पक्षलाई मन्दिर बनाउन दिने

तस्बिरः एजेन्सी

५ सय वर्ष पुरानाे तथा ७० वर्षदेखि अदालतमा विचाराधीन रहेकाे अयोध्याको विवादित २.७७ एकड जमिन हिन्दू पक्षलाई मन्दिर बनाउन दिने सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश रन्जन गगोईको अध्यक्षतामा बनेको पाँच सदस्यीय न्यायिक बेञ्चले शनिबार ४० दिन लामाे बहसपछि फैसला सुनाएकाे हो।

गगोईले बेञ्चकाे पाँच जनै न्यायाधीशको सर्वसहमतिमा निर्णय भएकाे बताएका छन् । अदालतले केन्द्रीय सरकारलाई तीन महिनाभित्र ट्रष्ट बनाएर त्यसलाई कार्यान्वयन गराउन निर्देशन दिएको छ। 

फैसलापछि हिन्दू पक्षलाई राम जन्मिएकाे ठाउँ मानिएकाे स्थानमा मन्दिर बनाउन सहज भएकाे छ। मुस्लिम पक्षका वकिल जफरयाब जिलानीले सर्वाेच्चकाे निर्णयप्रति असन्तुष्टी जाहेर गरेका छन्। 

 

प्रकाशित मिति: : 2019-11-09 11:57:47

प्रतिकृया दिनुहोस्