भारतमा लडाकू जेट विमान दुर्घटना

File photo of a MiG-21 Bison fighter jet of the Indian Air Force..

भारतमा मिग-२१ नामक लडाकू जेट विमान दुर्घटना भएको छ।

भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ। विमान दुर्घटना भए पनि चालक सफलतापूर्वक अवतरण गरेका छन्।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन्।

प्रकाशित मिति: : 2019-03-08 17:09:57

प्रतिकृया दिनुहोस्