फिलिपिन्समा ६ रेक्टर स्केलको भूकम्प

भूकम्पको केन्द्रबिन्दु। तस्बिर युएसजिएस

फिलिपिन्समा ६ रेक्टर स्केलको भूकम्प गएको छ। दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल नोर्टे प्रान्तको तटपारी ६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकास्थित भूकम्प मापन गर्ने भौगर्भिक सर्वेक्षणले जानकारी दिएको छ।

स्थानीय समय अनुसार शुक्रबार राति ११ बजेर ६ मिनेट जाँदा सुरिगाओ डेल नोर्टे प्रान्तको बुर्गोस शहरबाट ४१ किलोमिटर उत्तरपूर्वमा १६ किलोमिटर गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको फिलिपिन्सको ज्वालामुख तथा भूकम्प अध्ययन प्रतिष्ठानले जनाएको छ।

भूकम्पपछि भएको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन। सम्भावित सुनामीको चेतावनीसमेत जारी गरिएको छैन।

प्रकाशित मिति: : 2019-03-09 00:00:48

प्रतिकृया दिनुहोस्