दुबई आईपुग्यो 'नेपथ्य', शुक्रबार लाईभ हुँदै

युएई आइपुगेको नेपथ्य टोली। तस्बिरः सुभास

नेपाली मौलिक लोकरक गीतबाट चिरपरिचीत लोकप्रीय व्यान्ड 'नेपथ्य' दुबई आईपुगेको छ। ब्यान्डले २५औं वर्ष पूरा गरेको अवसरमा यहीँ आउँदो मार्च पन्ध्र शुक्रबार 'युएई' को दुबईस्थित अलनासर लिजरल्यान्डमा आफ्नो लाईभ कन्सर्ट गर्न लागेको हो।

कार्यक्रमको लागि ब्यान्डका भोकलिष्ट अमृत गुरूङको संयोजनमा नेपथ्य ब्यान्डको दस सदस्यीय टोली बुधबार दुबई आईपुगेको छ।

करिब ३५ सय दर्शक क्षमताको दुबईको उक्त हलमा नेपथ्यको यो दोस्रो कार्यक्रम हो। यसअघि सन् २०१५ मा नेपथ्यले दुई हजारभन्दा धेरै दर्शकको सहभागितामा आफ्नो प्रस्तुति दिएको थियो।

पहिलो पटकको कन्सर्टको समयमा नेपालमा महाभूकम्प आएको र शोकाकुल भएको देशलाई शक्तिमा बदलौं भन्दै नेपथ्यले आफ्नो प्रस्तुति दिएको थियो।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा

शुक्रबारको कार्यक्रमको लागि आयोजक टोलीले आफ्नो सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

‘शुक्रबार दुबईमा पुनः एकपटक नेपाली दर्शकले सुन्न र हेर्न चाहेको चर्चित ब्यान्ड नेपथ्य गुन्जदैछ, यस विशेष सांङ्गीतिक कार्यक्रममा युएईमा रहेका सम्पूर्ण नेपालीको सहभागिता र साथ रहनेछ भन्ने हामीले विश्वास लिएका छौं,' आयोजकमध्येका एक रमेश ढकालले भने।

साथै ढकालले कार्यक्रमबाट प्राप्त मुनाफाको केही रकम देश निर्माणको लागि खर्चिनेसमेत जानकारी दिए।

कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन युएईमा रहेका विभिन्न संघसंस्थाले पनि साथ र सहयोग पुर्‍याईरहेका छन्।

प्रकाशित मिति: : 2019-03-13 21:06:57

प्रतिकृया दिनुहोस्