बन्दको प्रभाव छैनः प्रहरी, राजमार्गमा प्रहरीको स्कर्टिङ

तस्बिरः बिएल

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले गरेको बन्दले कुनै प्रभाव नपरेको भन्दै निधक्क भएर आफ्नो गन्तव्यमा निस्कन प्रहरीले आग्रह गरेको छ। यसैबीच बन्द अवज्ञा गरेको भन्दै बिप्लव समूहले देशको केही स्थानमा सवारी साधनमा तोडफोड गरेको छ।

प्रहरीका अनुसार विप्लव समूहले मकवानपुर, कैलाली, नवलपरासीमा केही सवारी साधनमाथि तोडफोड गरेको छ।

मकवानपुरमा ट्रकमाथि बिप्लव समूहले गरेको आगजनी

त्यसैगरी पोखरा, वुटवललगायत केही स्थानमा शंकास्पद बस्तु फेला परेको छ।

विप्लव समूहको बन्दलाई लक्षित गर्दै प्रहरीले देशैभरको सुरक्षा ब्यवस्था मजबुद पारेको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए।

उनका अनुसार प्रहरीले राजमार्गमा चल्ने गाडीको स्कर्टिङ थालेको छ ।

त्यसैगरी विप्लव समूह सक्रिय रहेको स्थानमा त्यही अनुसार प्रहरी परिचलान गरिएको प्रवक्ता सुवेदीले बताए।

काठमाडौं उपत्यकामा भने बन्दको प्रभाव नरहेको प्रहरीले जनाएको छ।

उपत्यका सहज रुपमा सवारी साधनहरु सुचारू रहेको भन्दै बन्दको भ्रममा नपर्न महानगरीय प्रहरी आयुक्त कार्यलयका प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीले बताए।

प्रकाशित मिति: : 2019-03-14 08:15:16

प्रतिकृया दिनुहोस्