‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
मुक्ति गौतम
कांपोक्पी बजारको आइटी रोडमा एउटा सानो घरमा सुकमाया बस्छिन्।
६० वर्ष काटेकी सुकमायाका दुईवटा छोरा-बुहारी बैंगलोरमा काम गर्छन्। दोश्रो विश्वयुद्धमा फिरंगीका लागि जापानीहरूसँग लडाईंमा गोर्खाको सौर्य देखाएको सुकमायाको श्रीमान बितेको १२ वर्ष भयो।
एक्लै सब्जी व्यापार गरेर निर्वाह धानेकी सुकमाया अहिलेसम्म सागसब्जी बेचिरहेकी छिन्।
कहिले इरांगका इन्चाक, आलु, केराका बुंगा कहिले इम्फालका कोपी, टमाटर, खुर्सानी मौसम अनुसारका सागसब्जी बेच्छीन् सुकमाया। उनी नेपाली जस्तै नागा, कुकी, मणिपुरी, हिन्दी भाषा फरर बोल्छिन्। हँसिली छिन्, सबै जातसँग उनको समान व्यवहार छ। उनलाई हिम्मत भएकी, निश्चल र उदार प्रकृतिकी नेपाली महिला भनेर सबै जातिहरूले माया गर्छन्। सबैले सुकमाया दिदी भनेर बोलाउँछन्।
व्यापारमा राम्रो दखल भएकी सुकमाया गरिब ग्राहकलाई दुई पैसा सस्तो र धनी ग्राहकलाई मुखले हँसाएरै अलिक बढता पैसा लिएको पाप ठान्दिनन्। उनलाई 'बुढेसकालमा छोराबुहारीले के गर्लान नि नारान !' भन्ने चिन्ता पनि केही छैन।
पाँच वर्ष अगाडि कालीखोला गाउँमा पहिराे गएर पचास घर मानिसहरू घरबारबिहिन भएर राहत शिविरमा बसेका थिए।
सुकमायाले दुकानबाट पचास बोरा चामल किनेर प्रतिपरिवारलाई एक-एक बोराका दरले चामल वितरण गरिन्। राहत ब्यवस्थापन समितिका कार्यकर्ताहरू सुकमाया दिदीलाई फोटो भिडियाे बनाएर सामाजिक सन्जालमा हाल्नुपर्छ भन्दै थिए।
सुकमायाले केटाहरूको सातो जाने गरी हकारिन- 'अलिकति अन्न बाँडेको धर्म नष्ट गर्न खोज्छौ, किन चाहियो फोटो ? देखाएर धर्म हुन्छ ?'
सुकमाया दिदीले भनेका यी कुरा मैले आजसम्म बिर्सिएकै छैन।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया