विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त) लाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई सादा पोशाकका प्रहरीले शुक्रबार साँझ ललितपुरबाट पक्राउ गरेका हुन्।

कार्की यसअघि पनि बुटवलबाट काठमाडौं आउने क्रममा थानकोटबाट अर्का नेता कृष्ण धमलासँगै पक्राउ परेर रिहा भएका थिए।

सरकारले सो पार्टीमाथि प्रतिबन्ध लगाएको दुई दिनपछि कार्की पक्राउ परेका हुन्।

यसअघि उक्त पार्टीका नेताहरु केदार खतिवडा, सूर्य भुजेल, खेम खड्का, देवकुमार लिम्बुलगायत दर्जनौं नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष बन्दु चन्द र अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष राजु कार्की पनि रहेका छन्।

प्रकाशित मिति: : 2019-03-16 11:19:40

प्रतिकृया दिनुहोस्