
न्यायका निरीह सात वर्ष
ममता आचार्य
इलामकी कल्पना बराल सानैदेखि श्रृंगारमा निकै रुची राख्थिन्। त्यसैले त उनी सानी भएपनि सधैँ सजिएर बस्थिन्। उनले घरमा समेत भन्ने गर्थिन्, ‘ठूली भएर म व्यूटीसियन बन्छु है!’
तर उनको कुरा सुनेका आफन्तले भन्ने गर्थे, ‘यस्तो काम राम्रो होइन, बरु पढेर ठूली मान्छे बन्नुुपर्छ।’ आफ्ना नजिकका मान्छेले त्यसो भनिरहँदा निराश बनेकी कल्पनालाई आमाले भन्ने गर्थिन्, ‘तिमीलाई जे मन लाग्छ, त्यही गर नानी।’
आमाको कुरा सुनेर उनी फुरुङ हुन्थिन्। अनि साथीहरुलाई भन्ने गर्थिन्, ‘म व्यूटीसियन हुन्छु।’
सौन्दर्यविद बन्ने सपना बुनेकी उनले २०६५ सालमा एलएलसी दिइन्। अनि परीक्षा दिएर खाली भएको समयमा पार्लर सिक्ने निधो गरिन्।
‘तीन महिनाको विदा थियो, त्यसैले मेरो सानीले मलाई पार्लरको तालिम लिन सुझाव दिनुभयो’ उनले भनिन्, ‘उहाँकै कुरा सुनेर मैले तालिम लिन सुरु गरेँ।’
नेपालटारमा बस्ने उनी डिल्ली बजारको ‘आइटिसी व्यूटी ट्रेनिङ स्कुल’ मा भर्ना भइन्। अनि त्यहीँबाट सुरु गरिन्, ‘व्यूटीसियन’ को यात्रा।
पार्लरमा काम गर्नु उनको रुचीको विषय थियो। त्यसैले उनले पार्लर सम्बन्धीका कुनै कक्षा नै छुटाइनन्।
भलै, उनी तालिम गर्नेहरुमध्येकी सानी केटी थिइन् तर मेहनत गर्नुमा कहिले पछि परिनन्। उनले भोको पेट भएरपनि तालिम लिन छाडिनन्।
तालिम लिन जाँदा भोक्कै बसेको दिन उनलाई अझै याद छ। ‘तालिम सिक्न आउनेहरुले मिठामिठा खाजा खान्थे तर म भोक्कै हुन्थेँ, पानी पिएर आफ्नो भोक मेटाउथेँ’ उनले विगत सम्झदै भनिन्, ‘आमाले २० रुपैयाँ खर्च दिनुहुन्थ्यो, जुन पैसा गाडी भाडामा मात्र सीमित हुन्थ्यो। खाजा खाएर पेट भर्नका लागि मसँग पैसा नै हुँदैन थियो।’
खाजा खानसमेत पैसा नभएकी उनले पहिलो पटक कैँची किनेकी थिइन्। जसलाई किन्न लागि उनले पैसा थुपारेर राखेकी थिइन्। ‘मलाई अरुले दिनुभएको पैसा बटुलेर कैँची किनेकी थिएँ। जुन मेरो लागि महत्वपूर्ण कुरा थियो’ उनले भनिन्।
कल्पनाले तालिम लिएकै ठाउँमा दुई वर्ष बिताइन्। उनले त्यहाँ काम मात्र सिकिनन्, काम गरेर पनि देखाइन्।
‘मैले राम्रो काम गरेको कारण मलाई त्यहीँ पार्लरमा काम गर्न अफर आयो’ उनले भनिन्, ‘त्यहीँ काम गर्दा बाग्लुङ, पोखरा र भारत घुम्ने अवसर पाएँ।’
इन्टरनेशनल व्यूटी एकेडेमीको सुरुवात
पार्लरको काम सिकेर सिपालु बनेकी कल्पनाले २०६८ सालमा आफ्नै ‘गहना इन्टरनेशनल व्यूटी एकेडेमी’ पसल खोलिन्।
‘मैले पार्लरसम्बन्धी सबै कामहरु सिकेँ, अनि आफैँले पार्लरको सुरुवात गरेँ’ उनले बिएल नेपाली सेवासँग भनिन्, ‘म पार्लर चलाउन योग्य भइसकेकी थिएँ।’
एक दशक बढी पार्लर चलाएकी कल्पनाको पसलमा अहिले सर्वसाधारण मात्र होइन ठूल्ठूला कलाकारहरु पनि आउने गरेका छन्। उनको काम रुचाउने गरेका छन्। त्यही देखेर खुसी छिन्, कल्पना।
पार्लर पसल खोलेर कामका सुरुवात गरेकी उनले अहिले टेलर पनि खोलेकी छिन्। जसका लागि उनले १०–२० जनालाई कामको लागि खटाएकी छिन्। ‘बेरोजगार भएका महिलाहरुलाई रोजगार बनाएकी छु’ उनले भनिन्, ‘म धेरै खुसी छु।’
सन्–२०१८ सालमा भएको मिस व्यूटी क्वीन नेपालमा सहभागिता लिएकी उनी अहिले चर्चित सौन्दर्यविद भएकी छिन्। त्यतिमात्र होइन उनी सौन्दर्य व्यवसायी संघकी केन्द्रिय सदस्य पनि हुन्।
ग्लोबल ओरिन्स नेपाल संस्थामा आवद्ध उनी मेगा टेलिभिजनमा ‘सुनौलो जीवन’ कार्यक्रम चलाउँछिन्।
आफू आमाको कारण सफल हुन सकेको बताउने उनी भन्छिन्, ‘ ‘म सफल हुनको पछाडि मेरी आमा हुनुहुन्छ। उहाँकै कारण आज म यहाँ छु।’
मृत्युको मुखबाट फर्किइन् कल्पना...
सात वर्षअघि उनी १५ महिनाकाे बच्चा छाडेर यूरोप गइन्। पढाइसंगै काम गर्न यूरोप पुगेकी उनले त्यहाँ गिलास सफा गर्ने काम पाइन्।
विदेशमै रमाउन थालेकी उनले विस्तारै एक रेस्टुरेन्टमा काम गर्न थालिन्। कलेज र कामलाई उनले निरन्तरता दिइरहेकी थिइन्।
एकदिन उनी रेस्टुरेन्टको भान्सा कोठामा गाँजर काट्दै थिइन्। त्यहीबेला चुलोमा तरकारी पकाउनको लागी तेल तात्दै थियो। तात्दै गरेको तेलमा आगोको चाप बढी भएर आगो बल्यो। जुन आगोले उनलाई छुन पुग्यो।
‘एक्कासी तेलमा बलिरहेको आगो मेरो जीउमा आयो, मेरो शरीर जल्न थाल्यो, म चिच्याएर ढलेँ’ विगत सम्झिएकी उनी रुँदै भन्छिन्, ‘त्यसपछि के भयो थाहा छैन, तर मेरो आँखा एकैपटक अस्पतालमा खुल्यो।’
आगोमा जलेर घाइते भएकी उनले १५ दिन अस्पतालमा बिताइन्। उनलाई निकाे हुन नै पाँच महिना लाग्याे। निकाे भएर कलेजमा परीक्षा दिन गएकी कल्पनाकाे जलेकाे शरीर देखेर त्यहाँका शिक्षक डराएर भन्न थाले, ‘तपाईं नेपाल जानुहाेस्, तपाईंकाे अवस्था नाजुक छ।’
‘सरहरूले त्यसाे भनेपछि मलाई एक घण्टाभित्र नेपाल पठाइयाे’ उनले भनिन्, ‘मैले मेरा सामानहरू समेत ल्याउन पाइनँ।’
नेपाल आएकी उनले आफ्नो कामसँगै पढाईलाई पनि निरन्तरता दिन थालिन्।सोहीकारण कल्पनाले अहिले ऐच्छिक अङग्रेजीमा स्नाकोतर गरिसकेकी छिन् र समाजशास्त्रबाट मास्टर्स गर्दैछिन्।
आफू मृत्युको मुखबाट फर्किएकोले उनी कसैलाई पनि विदेश नजान आग्रह गर्छिन्। उनी भन्छिन्, ‘विदेशमा धेरै दुख छ, नेपालमै बसेर काम गर्नुपर्छ।’
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया