अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेद्वारको सूची लम्बिदै: २२औं बने बुलक

अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेद्वारी दिनेको आकांक्षीको संख्या अझै थामिएको छैन । पछिल्लोपटक मंगलबार मोन्टानाका गभर्नर स्टिभ बुलकले उम्मेद्वारी घोषणा गरें। उनी यो दौडका २२औं आकांक्षी भएका छन्। 

उनले रेड स्टेट राज्यको डेमोक्रेटिक प्रगतिशील धारणालाई अगाडि बढाउन आफूले उम्मेद्वारी दिएको घोषणा गरेका छन्। उनी सन् २०१६ मा रेड स्टेट मानिने मोन्टानामा दोस्रो कार्यकालका लागि डेमोक्रेटिक गभर्नरमा निर्वाचित भएका थिए।

सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन उम्मेद्वार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि यो डेमोक्रेटिक भीङ जुटेको हो। यी २२ मध्ये एकले ट्र्म्पसँग प्रतिस्पर्धा गर्नेछन्। यो भीडमा पूर्वउपराष्ट्रपति जो बडेनदेखि सन् २०१६का आकांक्षी बर्नी स्याण्डर्ससम्मका उम्मेद्वार चुनावी मैदानमा छन्। 

पछिल्लो मत सर्भेक्षणमा पूर्वउपराष्ट्रपति जो बडेन अग्रपंक्तिमा देखिएका छन्। 

प्रकाशित मिति: : 2019-05-14 19:45:27

प्रतिकृया दिनुहोस्