ओमानमा जीवन गुमाउने ७ नेपालीका हकदारलाई क्षतिपूर्ति

फोटो: नेपाली दूताबास मस्कट

ओमान पुगेर जीबन गुमाउने सातजना नेपालीका परिवारले क्षतिपूर्ति रकम प्राप्त भएको छ।मस्कटस्थित नेपाली दूताबासको पहलकदमीमा सम्बन्धित पक्षबाट क्षतिपूर्तिबापत प्राप्त भएको रकम परराष्ट्र मन्त्रालय पठाइएको छ।

दूतावासले जारी गरेको एक सूचनाअनुसार क्षतिपूर्ति पाउनेहरूमा इलामकी फूलमाया तामाङ, पाल्पाका बद्रीप्रसाद ढूङगाना, सुनसरीका शुक्रराज मगर, धनकुटाका गंगाकुमारी राई, रूपन्देहीका विमल गुरुङ, मकवानपुरका इन्द्रबहादुर स्याङ्तान र तनहुका विष्णुबाबु तिवारीका कानुनी हकदार रहेका छन् ।

उनीहरूले ओमानमा कार्यरत् रहँदा विभिन्न समयमा ज्यान गुमाएका थिए। उनीहरूले प्राप्त गर्ने जीवन विमा, ब्लड मनी, बाँकि तलब र काम अवधि सकिएपछि पाउँने सुविधा, कामको सोधभर्नालगायतका शीर्षकको रकम सम्बन्धित पक्षबाट उठाएर नेपाल पठाइएको हो ।

वैदेशिक रोजगारका लागि विदेशमा जाने नेपालीको ठुलो संख्याले कामकै क्रममा ज्यान गुमाउने गरेको छ। तर, यसरी ज्यान गुमाउँनेका नाममा रहेको रकम उनीहरूका आफन्तले सहज रूपमा पाउँन सकेका छैनन्।

केही समययता खाडी मुलुकका नेपाली नियोगमा यस्तो कामकै लागि भनेर श्रम सहचरीहरू खटाइएको छ।उनीहरूको सक्रियतामा क्षतिपूर्ति दिलाउँने काममा पनि सन्तोषजनक प्रगति हुन थालेको छ।  

प्रकाशित मिति: : 2019-03-21 21:05:50

प्रतिकृया दिनुहोस्