पूर्वशिक्षा मन्त्री पौडेलको निधन

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वशिक्षामन्त्री धनीराम पौडेल

चितवन, जेठ ३०

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको शुक्रबार बिहान निधन भएको छ । उनको हृदयाघातका कारण माडीमा निधन भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उनको निधन भएको हो। माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो ।

अस्पतालका चिकित्सकले निधन भएको जानकारी दिएका हुन् । पौडेल संविधानसभाको सदस्य थिए। पार्टीका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत थिए। पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुन्। उनकी श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुन्। उनका दुई छोरी छन् ।

पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु आउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिए। उनको शव बघौडा अस्पतालमा रहेको छ।

प्रकाशित मिति: : 2019-06-14 09:04:34

प्रतिकृया दिनुहोस्