पाकिस्तानमा अर्को प्रभावशाली नेता भ्रष्टाचार मुद्धामा पक्राउ

तस्वीरः एजेन्सी

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भ्रष्टाचारविरूद्ध थालेको अभियानले मूर्तरुप लिन थालेको छ। मनि लाउन्ड्रिङ मुद्धामा भागिरहेकी पूर्व राष्ट्रपति आसिफ अली जरदारीकी बहिनी फारयाल तालपुरलाई राष्ट्रिय लेखापरीक्षकको कार्यलय (नाब) ले शुक्रबार पक्राउ गरेको छ।

स्थानीय जियो न्युजका अनुसार नाबका अध्यक्षले पक्राउ पूर्जी काटेका थिए। पाकिस्तानको उच्च अदालतले फारयालका दाजु पूर्व राष्ट्रपति जरदारीले मनी लाउन्ड्रीङ मुद्धामा जमानतका लागि हालेको उजुरी खारेज गरेको थियो। जसका कारण जरदारी यसै साता समातिएका थिए।

जरदारीसँगै उनकी बहिनीविरूद्ध पनि मनी लाउन्ड्रीङको मुद्धा थियो। फारयाल पनि पाकिस्तान पिपुल्स पार्टीकी नेता हुन्। जरदारीका छोरा तथा पूर्व प्रधानमन्त्री बिलावल भुट्टो अहिले विदेशमा छन्। उनीविरूद्ध पनि भ्रष्टाचारको मुद्धा छ।

दुई दिनअघि आफ्नो प्रधानमन्त्रीकालको पहिलो बजेट पेश गरेका इमरानले राती राष्ट्रको नाममा सम्बोधन गर्दै भ्रष्टाचार गर्ने कसैलाई नछोडिने बताएका थिए। उनले आफ्नो निगरानीमा छिट्टै छानवीन समिति पनि गठन गर्ने बताएका थिए।

हाल इमरान संघई सहयोग संगठनमा भाग लिन कीर्गिस्तानको बिश्केक पुगेका छन्।

प्रकाशित मिति: : 2019-06-14 18:18:45

प्रतिकृया दिनुहोस्