राहुल गान्धीको अध्यक्ष पदबाट राजीनामा, लेखे खुला पत्र

तस्बिरः एजेन्सी

भारतीय कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन्। उनले पार्टीका बरिष्ठ नेताहरूको प्रस्ताव अस्विकार गर्दै आफूले अध्यक्ष पदबाट राजीनामा दिएको खुला पत्रमार्फत सार्वजनिक गरेका हुन्। बुधबार सार्वजनिक गरेको खुला पत्रमा उनले लेखेका छन्, ‘कंग्रेस पार्टीमा काम गर्नु मेरो लागि गर्वको विषय हो।’

उनले पत्रमा २०१९ को लोकसभा निर्वाचनमा पार्टीको पराजयलाई उल्लेख गर्दै भनेका छन्, ‘अध्यक्षको नाताले म हारको जिम्मेवारी लिन्छु। त्यसैले अध्यक्ष पदबाट राजीनामा गरिरहेको छुँ।’

उनले पार्टीलाई आवश्यक पर्दा कुनै पनि भूमिकामा आफू काम गर्न तयार रहेको बताएका छन्। उनले एक महिनाअगाडि नै अध्यक्ष पदको निर्वाचन हुनु जरुरी भएको स्पष्ट पार्दै भनेका छन्, ‘म चाहन्छु, छिटो पार्टी अध्यक्षको टुँगो लागोस्। मैले अगाडि नै राजीनामा पेश गरिसकेको छु। म पार्टीको अध्यक्ष होइन। कंग्रेस कार्यसमितिको बैठक तुरुन्त बोलाएर यस विषयमा निर्णय गर्नु उचित हुनेछ।’

प्रकाशित मिति: : 2019-07-03 16:43:18

प्रतिकृया दिनुहोस्