
बिएल संवाददाता
काठमाडौं
२०२३ अप्रिल १७। सर्वत्र एउटा अप्रिय खबर फैलियो, ‘भारतीय पर्वतारोही अन्नपूर्ण हिमालबाट बेपत्ता।’
त्यसबेला के भएको थियो ?
पर्वतारोही अनुराग मालु अन्नपूर्ण हिमालको क्याम्प फोरबाट आधार शिविरतर्फ ओर्लिंदै थिए। विश्वको दशौं अग्लो टाकुरामा टेक्नका लागि त्यसदिन मौसम अनुकूल थिएन। अबेर पनि भइसकेको थियो। ‘आरोहणका लागि अनुकूल मौका पर्खने’ निर्णय सहित उनी १६ अप्रिलमा क्याम्प फोरमा बसे र १७ अप्रिलमा क्याम्प थ्रीमा ओर्लिए।
क्याम्प थ्री र क्याम्प टु बीचको खण्डलाई एकदमै जोखिमपूर्ण मानिन्छ। किनभने त्यहाँ प्रत्येक २५-३० मिनेटमा हिमपहिरो आउँछ। त्यसलाई जतिसक्दो चाँडो पार गर्नुपर्ने हुन्छ। अनुराग होशियारसाथ ओर्लिंदै थिए। त्यही मोडमा पुगेपछि उनको अवचेतन मनलाई हठात् एउटा कुराले झस्कायो, ‘केही गडबड भयो। ठूलै गडबड भयो।’
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ