
बिएल संवाददाता
काठमाडौं
काठमाडौं : नेपाली खेलकुद क्षेत्रले हालसम्मकै कीर्तिमानी बजेट प्राप्त गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
यो बजेट अघिल्लो आर्थिक वर्षभन्दा २ अर्ब ५८ करोड रुपैयाँ बढी हो। २०८१/८२ मा मन्त्रालयलाई ३ अर्ब ५० करोड ४८ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। २०७६/७७ मा ३ अर्ब ९९ करोड ८ लाख रुपैयाँ बजेट हालसम्मको उच्च मानिएको थियो।
नेपाल सरकारले पहिलोपटक खेलकुदका लागि ४ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको हो। यस आर्थिक वर्षको बजेटमा क्रिकेट पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ।