
बिएल संवाददाता
काठमाडौं
निकै चर्चामा रहेका लेखक तथा साहित्यकार अमर अधिकारीले एकपछि अर्को कीर्तिमान कायम गर्दै आउँदा पछिल्लो समय सातौँ कीर्तिमान रच्न सफल भएका छन्।
संघीय राजधानी काठमाडौं बाहिर दुईहप्ता रहँदा पनि उनका लेख-रचनाहरु निरन्तर प्रकाशन भइ नै रहे। ०८२ बैशाख १७ देखि जेठ २ गतेसम्म काठमाडौंमा नरहँदा अर्थात् रोल्पादेखि दाङसम्मका सामाजिक कार्यहरूमा व्यस्त रहँदा विभिन्न सञ्चार माध्यमहरूबाट उनका झण्डै एकदर्जन लेख-रचनाहरू प्रकाशन भएको पाइएको छ। यो उनको सातौँ कीर्तिमान हो।
यसअघि उनले आधादर्जन कीर्तिमान रचिसकेका छन्। काठमाडौँबाट दाङ प्रस्थान गरेकै दिन उनले बैशाख १७ को नेपाल नागरिक आवाजमा मुक्तकहरू प्रकाशन भएको जानकारी पाए। १८ गते हाँस्यव्यङ्ग्य अनलाईन पत्रिका फित्कौलीमा व्यङ्ग्य लेख प्रकाशन भयो भने १९ गते सेतोपाटीमा एक संस्मरण लेख प्रकाशन भयो। त्यसैगरी बैशाख २१ गते फित्कौलीमा पुरस्कार सहित सम्मान प्राप्तिको समाचार आयो भने २३ गते कुटिरोडटकममा चेतनामूलक लेख प्रकाशन भयो।
२७ गते आर्थिक दैनिकमा चेतनामूलक लेख र फित्कौलीमा पनि चेतनामूलक व्यङ्ग्य लेख तथा २८ गते कविता संसारमा मुक्तकहरू प्रकाशन भयो। यसैगरी जेठ १ गते साहित्यपोस्टमा मुक्तकहरू प्रकाशन भयो भने २ गते सेतोपाटीमा एक संस्मरण लेख र २ गते नै फित्कौलीमा खित्कौलीहरू प्रकाशन भए। बहुविधामा साहित्य रचना गर्नसक्ने क्षमता भएका अधिकारीले व्यस्तताका कारण गजल र हाइकुमा भने हात हालेका छैनन्। बहुविषयका लेखहरु लेख्नु उनको अर्को विशेषता हो। उनका केही लेखहरुका कारण राष्ट्रियस्तरमै सुधारका कामहरु भएको पाइएको छ।
जेठ २ गते दाङबाट राति नौबजे काठमाडौँ आइपुगेका अधिकारी दाङ हुँदा फेसबुकमा अपलोड गरिएको एक छोटो भिडियो भाइरल भएर छ लाखको हाराहारीमा भ्युज प्राप्त भएको छ भने थप अरु दुइटा भिडियो पनि भाइरल हुने देखिएको छ। रोल्पाबाट एउटा आदरपत्र, दाङबाट एउटा सम्मानपत्र र अर्को प्रमाणपत्र सहित तीनवटा पत्र बोकेर काठमाडौँ फर्किएका अधिकारी निकै नै व्यस्त छन्।
गत बैशाख १९ गते एक समारोहका बीच राप्ती साहित्य परिषद, दाङबाट २०८१ सालको ‘प्रेमनारायण साबित्रा हेमकुमारी प्रज्ञा पुरस्कार’ वापत रु. १४ हजार नगद पुरस्कारसहित सम्मान थापेका अधिकारीले आफ्नो जन्मथलो रोल्पाको खुंग्रीमा पुनर्निर्माण भैरहेको त्रिपुरासुन्दरी देवी मन्दिरका लागि भएको महायज्ञमा ११ हजार १ सय ११ रुपियाँ प्रदान गरेका छन्। सो मन्दिर नेपालको ४९ औँ शक्तिपीठको रुपमा चिनिन्छ। रोल्पाका धार्मिकस्थलहरुमध्ये सो मन्दिर अग्रणीमा पर्दछ।
एकपछि अर्को उपाधि, सम्मान र पुरस्कारः
गत माघ ५ मा नगद पुरस्कारसहित ‘सुपर राइटर’ को उपाधि पाएकै दिन अधिकारीलाई प्रा.डा. गोपिन्द्र पौडेलले ‘तुफानी लेखक’ तथा प्रा.डा. घनश्याम पुडासैनीले ‘आसु साहित्यकार’ को उपनाम दिइसक्नुभएको छ। अधिकारीका दिनमा ३/४ वटासम्म लेख-रचनाहरु प्रकाशन भएको इतिहास छ।
गत एकवर्षको अवधिमा उनका दुई सयभन्दा बढी लेख-रचनाहरु प्रकाशन भएका छन्। उनका हरेक लेख-रचनाहरु अन्य लेखक-साहित्यकारहरुको भन्दा दोब्बर-तेब्बर र त्योभन्दा बढी सेयर गरिएको पाइन्छ। उनी ४२ वर्ष काठमाडौँ र त्यसमा पनि १२ वर्ष सिंहदरबारमा बिताएका हुँदा पञ्चायतकालदेखि गणतन्त्रसम्ममा आइपुग्दा जनताले भोगेका तमाम समस्याहरु उनका लेख-रचनाहरुमा छर्लङ्ग पारिएको हुन्छ। उनका हरेक लेख-रचनाहरु अध्ययन गरेपछि मात्र देशको हालत बारे जानकारी हासिल गर्न सकिन्छ।
लेख नै भाइरल भएपछिः
२०८१ साउन १८ गते देशकै ठूलो सञ्चार माध्यमको रुपमा चिनिएको अनलाइनखबरमा प्रकाशित ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको उनको लेख प्रकाशन भएको छ महिनापछिसम्म पनि पाठकहरुबाट फैलाउने अर्थात् शेयर गर्ने गरिएको छ।
एक किसिमले भन्नुपर्दा सो लेख भाइरल हुनपुगेको छ। लेखको शीर्षक हेर्दा नै ज्ञान-चेताको विषयमा भएकाले पनि उक्त लेख सर्वाधिक लोकप्रिय बन्न पुगेको हो। पूर्व इलामदेखि पश्चिम डडेलधुरासम्मका तमाम सञ्चार माध्यमहरुले महत्वका साथ उक्त लेख प्रकाशन गरेको देखिएको छ।
इलामको इलामबखरडटकम र डडेलधुराको रेडियोअमरगढीले उक्त लेख प्रकाशन गरेका छन्। त्यस्तै नेपालरफ्तारडटकम, पञ्चपुरीडटकम, न्युजइननेपालडटकम, दैनिकपत्रडटकम, सुदुरपूर्वडटकम, तिलोत्तमासिटीन्युजडटकम, नयाँबुलन्दडटकम, वीरगंजसञ्जालडटकम, तराईटपडटकमले उक्त लेख महत्वका साथ प्रकाशन गरेको पाइएको छ। उक्त लेख कुनै कुनै मिडियाले फेसबुकमा समेत सम्प्रेषण गरेका छन्।
अधिकारीको उक्त लेख अनलाइनखबरले पछिल्लो समय आफ्नो वेबस्टोरीमा समेत व्यवस्थित गरेको छ। अन्य अनलाइन सञ्चार माध्यमहरु र कागजी खबरहरुले समेत उक्त लेख प्रकाशन गरेका हुनसक्ने अनुमान गरिएको छ। अभिभावकहरुको नजर पुगोस् भनेर उनको सो लेख विद्यालयको सूचना पाटीमा समेत टाँसिएको छ।
अधिकारीको उक्त लेख प्रकाशन भएपछि अन्य लेखकहरुले पनि सो लेखको शीर्षकसँग मिल्दोजुल्दो शीर्षक राखेर र पेटबोलीका मिल्दाजुल्दा शब्दहरु राखेर लेखहरु लेख्नेगरेको पाइएको छ। लेखक तथा साहित्यकार अधिकारी भन्छन्- “यसरी लेख लोकप्रिय हुनु मेरा लागि धेरै नै खुशीको कुरा हो। निकट भविष्यमा आफ्नो जन्मथलो खुंग्रीमा ‘त्रिपुरा पुस्तकालय’ स्थापना गर्ने योजना बनाएका अधिकारीलाई काठमाडौँस्थित केही प्रकाशनगृहहरु, प्राज्ञहरु तथा साहित्यिक संस्थाहरुले समेत पुस्तक प्रदान गर्दैआएका छन् र कतिपयले पुस्तकहरु प्रदान गर्ने प्रतिवद्धता समेत जनाइसकेका छन्।
लेखक तथा साहित्यकार अधिकारी सादा जीवन उच्च विचारमा विश्वास राख्दछन्। अधिकारीका एक मात्र सुपुत्र डा. सरित अधिकारी ‘सलिल’ अमेरिकाको पेन्सिलभेनियास्थित टेम्पल युनिभर्सिटीमा वैज्ञानिकको रुपमा अध्ययनरत तथा कार्यरत छन्। उनले अमेरिकाकै सिकागोस्थित युआइसि युनिभर्सिटीबाट पिएचडि पूरा गरेर टेम्पल युनिभर्सिटीबाट पोस्ट-पिएचडि गर्दैछन्। तैपनि लेखक अधिकारीमा कुनै किसिमको अहंकार देखिदैन। उनको नाममा भौतिक सम्पत्ति भने सून्यप्रायः छ। उनमा तडकभडक पनि छैन। अधिकारीका हरेक लेखहरु पढेर जसले पनि उनीबाट प्रेरणा लिन सक्छन्। उनमा प्रकृतिप्रेम र देशभक्ति ज्यादा देखिन्छ।
सरकारी कर्मचारीहरु अवकाशपछि निष्कृय भएर बस्ने र उनीहरुमा शारीरिक तथा मानसिक समस्या पैदा हुने गरेको पाइन्छ। “व्यस्ततालाई एक्कासी बिसाउनु स्वास्थ्यका लागि हानिकारक छ” भन्ने अधिकारी आफू चाहिँ अवकाश भएको तीन वर्ष हुनैलाग्दा पनि खाली बस्नुपरेको छैन। जागिरमा रहँदाभन्दा अवकाश भएपछि तीनखण्डी बढी व्यस्त हुनुपरेको उनी बताउछन्। ‘खाली दिमाग सैतानको बास’ अधिकारीलाई उपयुक्त लाग्ने उखान हो।
काफल र ऐंसेलुमा रमाउदै गर्दा पनि रोकिएन उनका सिर्जनाः
उनी घुम्न जताजता जान्छन् उताउता केही न केही रचिहाल्छन्। मोबाइलमा पनि ख…र…र…र.. औँलाको टुप्पो दौडाउने कलाले नै उनलाई साहित्य-लेखनको उचाइमा पुर्याएको छ।
‘डिप्लोमा इन कम्प्युटर कोर्स’ सहित पन्ध्र महिनाको कम्प्युटर प्रशिक्षण लिइसकेका अधिकारी कुनै बखत ‘सिंहदरबारको कम्प्युटर हिरो’ को उपनामले पनि चिनिन्थे। शुद्धाशुद्धी सहित एकैछिनमा एक पृष्ठ सिध्याइदिँदा मन्त्रालयका सचिव र सहसचिवहरु छक्क पर्ने गरेको उनी बताउँछन्। सचिव र सहसचिवहरुले समेत उनको कार्यकक्षमा आएर कम्प्युटर सिक्ने गरेको कुरा अधिकारी स्मरण गर्दछन्।
उनी भन्छन्- ‘मोबाइलको दुरुपयोग भन्दा पनि सदुपयोग गर्नुपर्दछ। मोबाइलकै कारण बालबच्चादेखि युवायुवती, अधबैँसे र वृद्धवृद्धाहरुमा समेत एकोहोरो बन्ने समस्या देखिएको छ। साथै मोबाइलका कारण घर व्यवहार अस्तव्यस्त हुने गरेको पनि पाइन्छ।
मोबाइलमा साहित्य तथा लेखनका लागि फुरेका शब्दहरु टिपोट गर्न सकिन्छ र शीर्षकहरु चयन गर्न सकिन्छ। बाटोमा हिँड्दाहिँड्दै सम्झिएका कुराहरु मोबाइलमा नोट गरेमा लेख तथा रचनाका लागि सहज हुन्छ। नेपालमा मोबाइलको अर्को नाम फेसबुक, युट्युब र टिकटक मात्र हो भन्ने गलत बुझाइ रहेको पाइन्छ। मोबाइलबाट तमाम उपलब्धिहरु हासिल गर्नसकिन्छ भन्ने कुरा हाम्रो समाजमा गौण रहेको छ।’
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .