
बिएल संवाददाता
काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्।
सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा बस्नेगरी बैठक बोलाएका हुन्।
बैठकमाभातृ संस्था, केन्द्रीय समिति बैठकको मिति, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुनेछ।
सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हाे।