
बिएल संवाददाता
विराटनगर
नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारीको १०औं महाधिवेशन विवादित बनेको छ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशबाट निर्वाचन नै नगरी कार्यसमिति घोषणाको तयारी भएपछि अध्यक्षका प्रत्यासी वर्तमान उपाध्यक्ष राजेश राई समूहले समानान्तर समिति बनाउने तयारी गरेको छ।
कोशी प्रदेशको राजधानी विराटनगरमा आइतबार उद्घाटन भएको महाधिवेशनले नयाँ नेतृत्व चुन्दै छ। तर, निर्वाचन नै नगरी बालुवाटारको चिटबाट पदाधिकारी चयन गर्ने तयारी भइरहेको राई समूहले आरोप लगाएको छ।
जारी महाधिवेशनको उद्घाटन र बन्द सत्र आइतबार नै सकिएका छन्। महाधिवेशन कार्यतालिका अनुसार सोमबार निर्वाचनको दिन भएपनि अझैसम्म निर्वाचन प्रक्रिया सुरु हुन नसकेको राई समूहका एक पत्रकारले बताए। उनका अनुसार निर्वाचन समिति नै नबनाइ कार्यसमिति घोषणा प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
चौतारीको अध्यक्ष पदका लागि राईसँगै अर्का उपाध्यक्ष गणेश पाण्डे पनि मैदानमा छन्। तर, बालुवाटारले भने राईको नेतृत्वमा उपाध्यक्षमा हिरामान लामा, महासचिवमा चेतन अधिकारी र हरिवल्लव नेपाललाई चयन गर्न निर्देशन भएको उनले बताए।
‘एमालेमा लोकतन्त्रको हत्या भइसक्यो। ‘बा’को आदेश नै लोकतन्त्र भयो। निर्वाचन हुने हो भने राजेश दाईको जित सुनिश्चित छ,’ उनी भन्छन्, ‘निर्वाचन नगरी पेलेर जान खोजे हामी समानान्तर कार्यसमिति बनाउने तयारीमा छौैं। अहिलेसम्म निर्वाचन प्रक्रिया अघि बढाइएको छैन।’
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .