बिहिबार, १५ मे २०२५

सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूको बैठक सुरु

News Image
• • •

प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको बैठक सुरु भएको छ।

भर्खरै सिंहदरबारमा सुरु भएको बैठकमा टीआरसीसहित राजावादीहरूको सक्रियताबारे छलफल हुने बालुवाटार स्रोतले बतायो।

बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू सहभागी छन्।

शीर्ष नेताहरूको भेटवार्ताअघि प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?