शुक्रबार, ३० मे २०२५

प्रतिपक्षीको अवरोधपछि संसद बैठक स्थगित

News Image
• • •

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्।

संसदमा अवरोध जारी रहेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि सभा स्थगित गरेका छन्।

बैठक सुरू हुनेवित्तिकै विपक्षी दलका नेताहरू उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिन आफू तयार रहेको बताउँदै सभा सञ्चालन गर्न खोजेका थिए।

उनले विपक्षी सांसदहरूलाई आसन ग्रहण गरेर गृहमन्त्रीलाई बोल्ने वातावरण बनाउन आग्रह गरेका थिए। तर, विपक्षी सांसदहरूले हो-हल्ला गर्दै अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?