शुक्रबार, ३० मे २०२५

सरकारले एकैपटक फिर्ता बोलायो राप्रपा सांसदका ‘पीएसओ’

News Image
• • •

सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूलाई उपलब्ध गराउँदै आएको ‘पर्सनल सेक्युरिटी अफिसर’ (पीएसओ) एकैपटक फिर्ता एकैपटक फिर्ता गरेको छ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओ फिर्ता भएका हुन्।

प्रमुख सचेतक शाहीले संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राप्रपा नेताहरूको पीएसओ फिर्ता भएको जानकारी गराए। उनले सरकारले पीएसओ फिर्ता गरेको बारे आफूहरूलाई जानकारी नभएको पनि बताए।

सांसद शाहीले यसलाई सामान्य रुपमा लिएको बताउँदै सरकारलाई ‘अति गरे खति हुने’ चेतावनी दिए।

शाही प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआईजीपी रहेकोले सरकारले उनीहरूलाई पीएसओ उपलब्ध गराउँदै आएको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?