शुक्रबार, ३० मे २०२५

प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित

News Image
• • •

प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक सूचना टाँस गरेर बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म बैठक चल्न नदिने बताउँदै बैठक अवरुद्ध गर्दै आएका छन्।

भोलि जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले सरकारले भोलिको संसदमा बजेट प्रस्तुत गर्दैछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?