मङ्गलबार, ०३ जुन २०२५

लिङ्देनले बोलाए राप्रपा कार्यसम्पादन समितिको आकस्मिक बैठक

फाइल तस्बिर
• • •

राजावादी आन्दोलनमा प्रहरी धरपकड भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिका आकस्मिक बैठक बोलाएको छ।

पार्टी कार्यालय धुम्बाराहीमा केहीबेरमै बैठक बस्न लागेको हो। बैठकमा आन्दोलनका क्रममा भएको प्रहरी हस्तक्षेप, सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ भएको विषय र आन्दोलनको भावी रणनीतिबारे छलफल हुने राप्रपाले जनाएको छ।

आज बालुवाटारतर्फ जाँदै गरेको आन्दोलनका क्रममा प्रहरीले धरपकड गर्दा नारायणचौरमा तनाव भएको थियो। सो क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?