मङ्गलबार, ०३ जुन २०२५

काठमाडौंमा थपिए निषेधित क्षेत्र, आजै मध्यरातबाट लागु हुने

News Image
• • •

जिल्ला प्रशासन कार्यालयले थप तीन स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

राजावादी आन्दोलन चर्किएपछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन स्थानलाई निषेधित क्षेत्र तोक्न सिफारिस गरेको थियो। सोही सिफारिस बमोजिम प्रशासनले निषेधित क्षेत्र थपेको हो।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।

निषेधाज्ञा बढीमा दुई महिनासम्म जारी रहने र सो समयावधिमा ती क्षेत्रमा धर्ना, विरोध, जुलुश, प्रदर्शन, अनसनजस्ता गतिविधि गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?