शनिबार, ०५ जुलाई २०२५

एसपीलाई धम्क्याएको आरोपमा जसपा मधेस अध्यक्षविरुद्ध पक्राउ पूर्जी

News Image
• • •

जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीले शुक्रबार यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराईमा लुट्न आएको लुटेराको संज्ञा दिँदै धम्क्याएको अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ।

यादवलाई पक्राउ गर्न हिजो राति नै प्रहरीको टोली उनको घरमै पुगेको थियो। तर उनी घरमा नभेटिएपछि प्रहरी खाली हात फर्किएको थियो। उनी जनकपुरमा रहेको प्रहरीको अनुमान छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?