बिहिबार, १५ मे २०२५

एपीएफले समात्यो १०३ किलो गाँजा बोकेको ट्रक

News Image
• • •

सशस्त्र प्रहरीले १०३ किलो लागुऔषध गाँजासहित बाराबाट ट्रक नियन्त्रणमा लिएको छ।

चैत्र ६ गते राति रामनगरबाट १०३ किलो गाँजासहित ना८ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले पचरौता नगरपालिका-३ रामनगरबाट राति गाँजासहित ट्रक नियन्त्रणमा लिएको बारा  सशस्त्र प्रहरीले जनाएको छ।

लागु औषध गाँजासहित ट्रकलाई थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको  सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?