सोमबार, १६ जुन २०२५

रक्सीको नशामा पछाडिबाट टाउकोमा हानिन् दाउ, मृत श्रीमानसँगै सुतिन् रातभर…!

News Image
• • •

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३ शिख्रे गाउँमा २७ वर्षीया मेखमाया कुमालले आफ्नै श्रीमानको हत्या गरेकी छन्।

बिहे गरेको ३ महिनामै उनले श्रीमानसँग मनमुटाव भएपछि धारिलो हतियार (दाउ)ले टाउकामा हाने ३८ वर्षीय पति रामुको हत्या गरेकी हुन्।

शनिबार साँझ श्रीमानश्रीमतीले सँगै बसेर रक्सी खाएका र रक्सीकै तालमा झगडा हुँदा श्रीमतीले श्रीमानको टाउकोमा पछाडिबाट दाउले प्रहार गरेकी प्रहरीले जनाएको छ।

महिलाले स्थानीय र प्रहरीसमक्ष आफूले हत्या गरेको स्वीकारेकी र हत्यापछि पनि उनी रातभर सँगै श्रीमानसँग सुतेको बयान दिएकी छन्। 

बिहान रक्सीको नसा कम भएपछि परिवारसमक्ष श्रीमानको हत्या गरेको बताएकी थिइन्। त्यसलगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयवासीका अनुसार श्रीमानको चौथो र श्रीमतीको तेस्रो विवाह रहेको खुलेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?