शुक्रबार, ३० मे २०२५

टी-२० विश्वकप जितेको भारतीय टिमलाई १२५ करोड पुरस्कार

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी- २० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ।

बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिँदै १२५ करोडको पुरस्कार राशीको घोषणा गरेका हुन्।

भारतले शनिबार राति सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?