बिप्लवको पार्टीद्धारा कैलालीका ४५ र अछामका १२ वटा वडा कार्यालयमा ताला

तस्बिरः बिएल

अछाम। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले कैलालीका ४५ वटा र अछामका १२ वटा वडा कार्यालयमा तालबन्दी गरेको छ।

कैलालीको लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा तालबन्दी गरेका छन्। गाउँ, नगर र उप–महानगरपालिका गरी ४५ वडा कार्यालयमा तालाबन्दी गरेको विप्लव नेतृत्वको नेकपा माओवादीले जानकारी दिएको छ।

धनगढी उप–महानगरपालिका, गोदाबरी नगरपालिका, गौरीगंगा नगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिका लगायत वडा कार्यालयहरुमा तालाबन्दी गरेको कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले बताए।

यस्तै अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ ।

मंगलसेन नगरपालिकाको वडा नम्बर- १ कुन्ती, १३ बस्ती, ढकारी गाउँपालिकाको वडा नम्बर-२ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर-२ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर-३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

पार्टीको घोषित कार्यक्रमअन्तर्गत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रमअनुरुप पहिलो चरणमा वडा कार्यालयहरुमा तालाबन्दी गरिएको  बिप्लव समूहले दाबी गरेको छ।

प्रकाशित मिति: : 2019-07-07 10:39:28

प्रतिकृया दिनुहोस्