काश्मिर घटनामा संलग्नता नभएको पाकिस्तानी दाबी

रोयटर्स

पाकिस्तानले पुलवामाको आत्मघाती घटनामा संलग्न रहेको आरोपमा हालसालै पक्राउ परेका व्यक्तिहरु निर्दोष रहेको दावी गरेको छ । भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती घटनामा उनीहरुको संलग्नता नरहेको पाकिस्तानले दावी गरेको हो । 

आत्मघाती घटनापछि भारतले पाकिस्तानी अधिकारीहरुलाई शंकास्पद ९० जना व्यक्ति तथा २२ वटा शंकास्पद तालिम केन्द्रहरुको सूची पठाएको थियो । तर, पाकिस्तानी विदेश मन्त्रालयले भारतले उपलब्ध गराएका ती व्यक्ति तथा स्थानसँग पुलवामा भएको आत्मघाती घटनाको कुनै सम्बन्ध नपाइएको जनाएको छ । 

पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, ‘भारतको अनुरोधमा हामीले ५४ जनालाई पक्राउ गरी सोधपुछ र अनुसन्धान ग¥यौं तर पुलवामा घटनामा ती कसैको संलग्नता पाइएन । साथै, भारतले दिएका २२ वटा ठाउ“को पनि अनुसन्धान गरियो, तर त्यस्तो केन्द्र कतै पाइएन ।’ 

पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्तिमा भारतले शंका गरेका सात ठाउ“हरुमा भ्रमणको अनुमति दिन पाकिस्तान सकारात्मक रहेको जनाइएको छ । 

पुलवामा घटनापछि भारत–पाकिस्तानबीच तनाब बढेको थियो । पुलवामा घटनामा भारतीय सशस्त्र फौजका ४० जवानको मृत्यु भएको थियो । पाकिस्तानमा आश्रय लिइरहेको जैस–ए–मोहम्मदले सो घटनाको जिम्मेवारी लिएको थियो । पाकिस्तानले भने पुलवामा घटनामा  आफ्नो संलग्नता नरहेको दोहोर्याएको छ । 

अन्तराष्ट्रिय दबावपछि इस्लामाबादले यसै महिनाको सुरुमा सम्भावित लडाकु समूहहरुको खोजीका लागि देशव्यापी कारबाही गरेको थियो । यसक्रममा पाकिस्तानले केही व्यक्तिलाई पक्राउ गर्नुका साथै मस्जिद र क्लिनिकहरु बन्द गरेको थियो ।

प्रकाशित मिति: : 2019-03-28 22:08:46

प्रतिकृया दिनुहोस्