सर्लाही घटना र विषादीयुक्त तरकारीबारे जवाफ दिन सरकारलाई रूलिङ

तस्बिरः बिएल

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आगामी बैठकमा सर्लाही घटना र विषादीयुक्त तरकारीलाई रोक्ने निर्णय फिर्ता लिइएको सन्दर्भमा जवाफ दिन सरकारलाई रूलिङ गरेका छन्।

सभाको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद उठेर विरोध जनाएपछि सभामुख महराले दुवै दलका सांसदलाई बोल्ने समय दिएका थिए।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका बालकृष्ण खाँण र राजपाका सांसद प्रमोद साहले सर्लाही घटना र विषादीयुक्त तरकारी आयात खुला गरिएको विषयमा सम्बन्धित मन्त्रीले जवाफ नदिए आगामी बैठक रोक्न बाध्य हुनुपर्ने बताएका थिए। दुवै सांसदले बोलिसकेपछि सभामुख महराले आगामी बैठकमा जवाफ दिन रूलिङ गरेपछि प्रतिनिधिसभाको आजको बैठक सञ्चालन भएको थियो ।

प्रकाशित मिति: : 2019-07-07 18:43:32

प्रतिकृया दिनुहोस्