भारतबाट आउने तरकारीमा बिषादी परीक्षण नगर्ने सरकारी निर्णयबिरुद्ध सर्वोच्च अदालतमा रिट

बिएल

भारतबाट आउने तरकारी तथा फलफूलमा सरकारले विषादी परीक्षण रोक्न गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ताद्वय भद्रप्रसाद नेपाल र नारायणप्रसाद दवाडीले मंगलबार सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।

भारतबाट आयातीत तरकारीमा बिषादी परीक्षणमा छुट दिने असार १९ को मन्त्रिपरिषद बैठकको निर्णय खारेज गर्न अन्तरिम आदेशको माग रिटमा उल्लेख गरिएको छ ।

त्यसैगरी रिटमा भारतसँगै देशबाट ल्याइने तरकारी, फलफूल तथा अन्य खाद्य सामग्रीको बिषादी परीक्षण गर्न समेत माग गरिएको छ ।

प्रकाशित मिति: : 2019-07-09 17:36:51

प्रतिकृया दिनुहोस्