लालुको छोरी र ज्वाईविरूद्ध ८ हजार करोडको मुद्धा दायर

बिएल


राष्ट्रिय जनता दल (आरजेडी) का नेता लालुप्रसाद यादवको छोरी राज्यसभाकी सांसद मिसा भारती र उनको श्रीमान शैलेश कुमारविरूद्ध मनि–लाउन्ड्रिङको मुद्धा दायर भएको छ।

यी दुईविरूद्ध दिल्ली उच्च अदालतमा मुद्धा दायर भएको भारतीय समाचारपत्रहरूले जानकारी दिएका छन्। मुद्धाको निर्णय जुलाई २७ मा हुनेछ। लालुको छोरी तथा ज्वाईविरूद्ध ८ हजार करोड कालो धनलाई सेतो बनाएको आरोप छ।

मिसा र उनको श्रीमानले व्यवसायी सुरेन्द्र जैन तथा वीरेन्द्र जैनको कम्पनीसँग मिलेर ८ हजार करोड रुपैयाँलाई सेतो बनाएको आरोप छ। यो मुद्धामा दुवै व्यवसायी अदालतमा बयानका लागि उपस्थित भइसकेका छन्।

 

 

प्रकाशित मिति: : 2019-07-10 18:36:45

प्रतिकृया दिनुहोस्