‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
अष्ट्रेलिया र न्युजिल्याण्डको संयुक्त आयोजनामा हुन लागेको फिफा महिला फुटबलको दोस्रो खेलमा सहआयोजक अस्ट्रेलिया र आयरल्याण्ड आम्नेसाम्ने हुदैछन् ।
समूह बी अन्तर्गतको यो पहिलो खेलमा अस्ट्रेलिया स्टार खेलाडी साम केर बिना नै मैदानमा उत्रने छ । चोटका कारण केर खेल्न असमर्थ भएकी हुन् । अस्ट्रेलियाका लागि निश्चित पनि यो सुखद् खबर हैन । यद्यपि, फिफा बरियतामा २२औं स्थानमा रहेको आयरल्याण्डभन्दा १०औं स्थानमा रहेको अस्ट्रेलिया सम्भावित जितको नजिक देखिन्छ ।
यसअघि न्युजिल्याण्डको अकल्याण्डमा सहआयोजक न्युजिल्याण्ड र नर्वेबीच भएको खेलमा फिफा बरियतामा २६औं स्थानमा रहेको न्युजिल्या्णले १२औं स्थानमा रहेको नर्वेलाई १-० ले पराजित गरेको थियो ।
सहआयोजक न्युजिल्याण्डले जितेकोमा अस्ट्रेलियालाई राहत मिले पनि फिफा बरियतामा माथिल्लो स्थानमा रहेको नर्वेको हारले अस्ट्रेलियालाई आशंका जन्माइदिएको छ ।
महिला विश्वकपको यो नवौं संस्करण हो । ३२ राष्ट्रको सहभागिता रहेको यस संस्करणमा अष्ट्रेलियामा ३५ र न्युजिल्याण्डमा २९ गरी ६४ खेल हुनेछन् । फिफा महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ मा चीनले आयोजना गरेको थियो ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया