नेविसंघ त्रिचन्द्र इकाईले गर्‍यो भारतीय दूतावास अगाडि प्रदर्शन

बिएल

नेपाल विद्यार्थी संघ त्रिचन्द्र इकाईले राजधानी काठमाडौँस्थित भारतीय दूतावास अगाडि पुगेर विरोध प्रदर्शन गरेका छन् ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै उनिहरुले बिहिबार विरोध प्रर्दशन गरेका हुन् ।

विद्यार्थीहरुले भारतलाई आफ्नो नक्सा सच्याउनका लागि दबाब स्वरुप विरोध प्रदर्शन गरिएको बताए । उनीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो’ प्लेकार्ड बोक्नुका साथै नारा समेत लगाएका थिए ।

 

प्रकाशित मिति: : 2019-11-07 14:01:57

प्रतिकृया दिनुहोस्