बाग्लुङ २ ‘ख’ मा कांग्रेसका शेरचनले गराए उम्मेदवारी दर्ता

बिएल

बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ मा नेपाली कांग्रेसका जितबहादुर शेरचनले उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्रस्तावमा नरजंग घर्ती र समर्थकमा ज्ञानकुमारी छन्त्याल छन् ।

अघिल्लो निर्वाचनमा पनि जित बहादुर शेरचन नै कांग्रेसका उम्मेदवार थिए

सो क्षेत्रमा नेकपाको समर्थन पाएका राजमोका खिमविक्रम शाहीले पनि उम्मेदवारी दिएका छन् ।

अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट राजमोका टेकबहादुर घर्ती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।तर, घर्तीको निधन भएकाले १४ मंसिरमा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति: : 2019-11-07 14:29:40

प्रतिकृया दिनुहोस्