काठमाडौंको चोभारबाट पेस्तोल र ५ राउण्ड गोलीसहित तीन जना पक्राउ

प्रतिकात्मक तस्बिर

प्रहरीले काठमाडौंको चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार बा १७ च ८३६४ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

 थापाले पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको बताए । उनका अनुसार तीनै जनामाथि हातहतियार तथा खरखजना ऐन अन्तरगत कारबाही प्रक्रिया अघि बढाइनेछ ।

प्रकाशित मिति: : 2019-11-07 14:55:02

प्रतिकृया दिनुहोस्