सरकारका राम्रा काम लिएर चुनावी अभियानमा जानुस् : नेता गौतम

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सरकारले गरेका राम्रा कामलाई लिएर चुनावी अभियानमा जान निर्देशन दिएका छन् ।

नेकपा भक्तपुरले बिहिबार तौमढीमा आयोजना गरेको कार्यक्रममा उनले तीन वटै तहका सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजाने बेला आएको बताए । उनले चुनावी अभियानलाई तीव्र बनाउन निर्देशन दिए ।

भक्तपुर क्षेत्र नं १ (क) मा १४ गते हुने उपनिर्वाचनमा पहिलाका भन्दा बढी मत ल्याएर नेकपाको उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताउँदै उनले नेकपाको विजयीले सरकार विरोधीलाई जवाफ दिनुपर्ने बताए ।

नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले कहीँ कतै विचलित नभई नेकपा एक ढिक्का भएर अगाडि बढ्दै नेकपाको विजयीलाई विगतमा जस्तै सुनिश्चित गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति: : 2019-11-07 22:19:20

प्रतिकृया दिनुहोस्