कालापानीमा जमिन, सुस्तामा जीवन खोसियो

सुस्ताको सास्ती : नारायणीपारिको नेपाली बस्ती सुस्तामा तीन हजार नेपालीको बसोवास छ । तर, उनीहरूलाई राज्यको मूलधारसम्म जोड्ने एउटा पुलसमेत छैन ।

स्थलगत रिपोर्टिङ 

सुस्तामा नयाँ पत्रिका : नारायणीपारि सुस्तामा तीन हजार नेपालीको बसोवास छ, तीमध्ये धेरैसँग लालपुर्जा छैन, जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन् । भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई त्रासमा राखेका छन्, कहिले कुटपिट गर्छन्, कहिले घरमै आगो लगाइदिन्छन् । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन सधैँ आपत्विपत्मा छ ।

खोलापारि राज्य छैन, वारि आउन पुल छैन

दक्षिणी सिमाना सुरक्षा गर्न भन्दै तत्कालीन राजा महेन्द्रले ०२२ मा नवलपरासीको सुस्तामा बस्ती बसाएका थिए । तर, भारतीय राज्यको अतिक्रमण, सीमा फौजको प्रताडनाले सुस्तावासीको जीवन आफैँ असुरक्षित छ । भारतीय पक्षको ज्यादती र नेपाली पक्षको उपेक्षाले सुस्तावासीको जीवन चार पुस्तादेखि आपत्–विपत्मा छ । 

 

प्रकाशित मिति: : 2019-11-08 07:11:18

प्रतिकृया दिनुहोस्