सिंगै गाउँपालिका कर्मचारीविहीन

फाइल तस्बिर

कार्यरत सबै कर्मचारी अन्यत्र गएपछि मुगुको शोरु गाउँपालिका कर्मचारीविहीन बनेको छ। सुरक्षाका कारण देखाउँदै कर्मचारी कार्यालयमा उपस्थित भएका छैनन्।

११ वटा वडा भएको गाउँपालिकामा एक जना पनि कर्मचारी नभएपछि स्थानीयलाई सिफारिसलगायतका अन्य काम गर्नसमेत निकै समस्या भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धैनका शिक्षक बिरजन मल्लले जानकारी दिए। गाउँपालिकामा पुरै ताला लगाइएको छ। ‘दुर्गमको सिफारिस, जन्म दर्ताको प्रमाणपत्र लिनसमेत स्थानीयले पाएका छैनन्,’ उनले भने।

प्रकाशित मिति: : 2019-11-08 07:37:47

प्रतिकृया दिनुहोस्