कात्तिक २४ गते सार्वजनिक बिदा दिन मुस्लिम आयोगको सिफारिस

फाइल तस्बिर

मुस्लिम आयोगले महुम्मद जयन्तीका अवसरमा कात्तिक २४ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

शुक्रबार आयोगका अध्यक्ष समिम मिया अन्सारीले मुस्लिम समुदायका दुई पर्व बक्र इद र मुहम्मद जयन्तीमा बिदा घोषणा गर्न गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर सिफारिस गरेका हुन् ।

मुस्लिम सुमदायसँगको सम्झौतामै इद, बक्र इद र मुहम्मद जयन्तीलाई बिदा घोषणा गरिने भनिएकाले बक्र इद तथा मुहम्मद जयन्तीमा राष्ट्रिय सार्वजनिक बिदा दिन आयोगले सिफारिस गरेको छ ।

यसअघिका सरकारले इद र बक्र इदको बिदा पनि मुस्लिम समुदायलाई मात्र कायम गरेकोमा यो सरकार आएपछि इद बिदालाई राष्ट्रिय सार्वजनिक बिदाको रुपमा पुनस्र्थापित गरेको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति: : 2019-11-08 13:46:38

प्रतिकृया दिनुहोस्