नेता केशर खड्कालाई झुठा आरोपमा फसाइएको भन्दै गम्भीर आपत्ति

फाइल तस्बिर

नेपाल तरुण दलले बाँकेका तरुण नेता केशर खड्कालाई प्रहरीले झुठा आरोपमा फसाउन खोजेको भन्दै संगठनको गम्भीर ध्यानकर्ष भएको जनाएको छ।

शुक्रबार संगठनका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै खड्कालाई व्यक्तिगत रिसइवीमा झुठा आरोप लगाई फसाउन खोजेको आरोप लगाएका हुन्।

बैजनाथ गाउँपालिकाका यमबहादुर रानाको घटनासँग जोडेर नाजायज र निकृष्ठ आरोपप्रति संगठनको गम्भीर ध्यानकर्षण भएको छ।', विज्ञप्तिमा भनिएको छ,'कोहलपुरका डिएसपी हेम शाहीले राना लगायतका व्यक्तिहरुलाई यातना दिई झुठा बयान गराई खड्कालाई फसाउने प्रपञ्च रचिएको यो कार्य लज्जास्पद, प्रहरीको सिद्धान्त र नीति विपरित रहेको छ ।'

यसअघि खड्काले कोहलपुरका डीएसपी हेम शाहीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै मानवअधिकार आयोगमा उजुरी दिएका छन् । शाहीले आफूलाई मानसिक यतना र धम्की दिएको भन्दै खड्काले आज आयोगमा उजुरी दिएका हुन् ।

धम्कीको अडियोसमेत सार्वजनिक भइसकेको बताउँदै खड्काले डीएसपी शाहीले आफूसँग दसैंमा एउटा खसी मागेको तर आफूले नदिएपछि उनले गोली हानीदिने धम्की दिएको आरोप लगाएका छन् ।

 

प्रकाशित मिति: : 2019-11-08 14:04:37

प्रतिकृया दिनुहोस्