सरकारी मोटरसाइकलसहित लागूऔषध तस्करी पक्राउ

बिएल

प्रहरीले सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागूऔषध तस्करी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज २ का राजदेव टोलका २६ वर्षीय कपिल यादव छन् ।

भारतीय बजार जोगवनीबाट लागूऔषध लिएर आउँदै गरेको अवस्थामा यादवलाई सरकारी सेतो नम्बर प्लेटको स १ ब १४१० नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

यादवका बुबा सत्यनारायण वन डिभिजन कार्यालय उदयपुरका अधिकृत हुन् । बुबाले प्रयोग गर्दै आएको मोटसराइकल लिएर जोगवनी आएका यादवले कम्मरमा बाधेर डाइजेल्याब ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २४ एम्पुल लागूऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको डीएसपी श्रेष्ठले बताए ।

 

प्रकाशित मिति: : 2019-11-08 17:27:43

प्रतिकृया दिनुहोस्