वीरगञ्जबाट २३० किलो केराउ बरामद

बिएल

प्रहरीले पर्साको वीरगञ्जबाट २ सय ३० किलो अवैध केराउ नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. २ ईदगाह चोकबाट केराउ नियन्त्रणमा लिइएको हो ।

बरामद गरिएको केराउ आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-09 11:39:35

प्रतिकृया दिनुहोस्