पर्सामा करेन्ट लागेर एक महिलाको मृत्यु

बिएल

पर्सामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । पोखरिया नगरपालिका वडा नं १० शिवबर्वा बस्ने शंकर राउत अहिरकी श्रीमती ५८ वर्षीया लालमतिदेवीको मृत्यु भएको हो ।

शुक्रबार साँझ आँगन बढार्ने क्रममा चुडिएको तारबाट करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको खबर आफन्तले प्रहरीलाई गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनास्थल लाशजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमार्टमका लागि नाराणी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: : 2019-11-09 11:48:17

प्रतिकृया दिनुहोस्