एमसीसीसँग नेपाल १ सय १३ रनले पराजित

फाइल तस्बिर

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले टी–ट्वान्टी क्रिकेटमा नेपाललाई फराकिलो अन्तरले पराजित गरेको छ।

शनिबार भएको खेलमा एमसीसीले नेपाललाई १ सय १३ रनले पराजित गरेको हो। एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर १ बलमा अलआउट हुँदै मात्र ७६ रनमा समेटियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक १६ रन जोड्दा कुशल भुर्तेलले १४ रन बनाए । यस्तै भिम सार्कीले १३ रन बनाए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनायो ।

एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै एड योङले ४२ रन जोड्दा एलेक्स थमप्सन २० रनमा अविजित रहे ।

नेपालका राशिद खानले तीन विकेट लिए ।

प्रकाशित मिति: : 2019-11-09 14:53:09

प्रतिकृया दिनुहोस्