लिम्पियाधुरा जान सशस्त्र प्रहरीलाई चिसोको डर ! जनशक्ति नै अपुग

काठमाडौं – भारतले जारी गरेको राजनीतिक नक्सामा दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र अतिक्रमण भएपछि नेपालमा सीमा सुरक्षाको विषयलाई लिएर केही प्रश्न उब्जिएका छन् ।

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल (एपीएफ) ले हालसम्म दार्चुलाको लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा बोर्डर आउट पोस्ट (बीओपी) राख्न सकेको छैन । 

सीमा अतिक्रमण भइरहँदा समेत सशस्त्र प्रहरी किन चुप छ ? दार्चुलाको उत्तरी क्षेत्रमा कुनै पनि बोर्डर आउट पोस्ट (बीओपी) नभएको सशस्त्रका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरज श्रेष्ठले बताए ।

‘लिम्पियाधुरा क्षेत्रको तिंकर क्षेत्रमा बीओपी राख्नको लागि सम्भाव्यता अध्ययन गरिराखेका छौं । भौगोलिक हिसाबले असहज क्षेत्र भएकाले र जाडो मौसममा निकै नै चिसो हुने भएकाले त्यस क्षेत्रमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइराखेको छ,’ डीआईजी श्रेष्ठले लोकान्तरसँग भने, ‘१२ महिना र २४ घण्टा नै सुरक्षा दिनको लागि लिम्पियाधुरा लगायत उत्तरी क्षेत्रका सीमाहरूमा निकै नै कठिन विषय हो ।’

सशस्त्र प्रहरी बलले सडकको अध्ययन, जग्गाको अध्ययन, दैैनिक खानेकुरा लगायत दैनिक उपभोग्य वस्तुबारे पनि अध्ययन गरिरहेको डीआईजी श्रेष्ठले बताए । जिल्ला सुरक्षा समितिले आवश्यक सुरक्षा बन्दोबस्ती जुटाएर पनि बीओपी राख्न सक्ने व्यवस्था रहेको जनाइएको छ ।

प्रकाशित मिति: : 2019-11-11 16:48:13

प्रतिकृया दिनुहोस्