उपमेयर कप

उपमेयर कपमा आज सेमिफाइनल खेल

File Photo
File Photo

मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबलमा आज शुक्रबार सेमिफाइनलका खेल आयोजना हुँदैछन्। दिनको पहिलो सेमिफाइनल खेलमा १२ बजे  झापाको कनकाई नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

अन्तिम आठको खेलमा कनकाईले गोदावरी नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दा ललितपुरले शिवसताक्षी धाम नगरपालिकामाथि जित निकालेको थियो।

दोस्रो सेमिफाइनलमा दिउँसो ३ बजे गौरीगंगा नगरपालिका र धनगढी उप महानगरपालिकाबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ।

विजेताले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। ३१ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख पाउँनेछ भने उपविजेताले २ लाख ५० हजार पाउनेछन्।

यस्तै फाइनल खेल्ने दुई टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन्। 

प्रकाशित मिति: : 2021-11-12 11:44:00

प्रतिकृया दिनुहोस्