साग पुरुष फुटबल: डिफेन्डिङ च्याम्पियन नेपालको विजयी सुरुवात

बिएल

डिफेन्डिङ च्याम्पियन नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले ४–० भुटान गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेकाे हो। नेपालको जितमा सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्चेन तामाङले समान एक एक गोल गरे।

नेपालका लागि सुजलले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए। उनकै गोल मार्फत पहिलो हाफसम्म १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल थप्यो।

दोस्रो हाफ सुरु भएको पाँचौ मिनेटमा नै नेपालका सुजलले नै दोब्बर अग्रता दिलाए।

यस्तै खेलको ६५ औं मिनेटमा अभिषेक रिजाले नेपालको अग्रता ३–० मा पुर्‍याए।

खेलको ७६ औं मिनेटमा मिक्चेनले फ्रि किकमार्फत् चौथो गोल गरे।

जितसँगै नेपाले ३ अकं जोडेको छ। भुटानको पनि समान ३ अकं रहेपनि अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। यता बंगलादेशले भने खाता खोल्न सकेको छैन्।

साग फुटबलमा भारतले भने भाग लिएको छैन।

प्रकाशित मिति: : 2019-12-03 15:24:09

प्रतिकृया दिनुहोस्